Sunday, December 16, 2012

बादल छैन परदेशीलाई

गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर, 
धारे हात लाउँदै "अब कुन पाखा लान्छस् ?" भनेर बिच्कन्थे । 
खोला साँध परेको खेत, आधा बगेर पारीपट्टी चरन भएको थियो ।
नत पारीकाले दाबी गर्न सके नत हाम्रो हक लाग्यो !

म भने बादल हेरेर खुब रमाउँथे 
बादलले लिने आकार हेरेर दंग पर्थें र 
बादलको हात्ति चढेर कल्पनाको संसारमा डुबीरहन्थे।

"यो मोरा कति ट्वाल्ल परेर बस्न सक्छ?"
"बादल हेर्ने मान्छे हुस्सु हुन्छ "
मैले बादल हेर्न छोडीन।  मेरो घैटोमा घाम लागेन।

आज म बर्षैभरि घाम लाग्ने ठाउँमा छु 
तर यहाँ बदलि हुन्न। निलो आकाशतिर टोलाउँछु केवल रिक्तता पाउँछु ।
मानिसले मानिसलाई मानिस नगन्ने यो मरुभूमिमा  
आकार बुन्ने र सपना देख्ने मेरो सहारा, बादल, कतै भेटिन्न ।
सपनाको देशमा आएपछि,  सपना बुन्ने मेरो क्षमता टुटेको छ ।

Mom, I miss you :'(
"बादल छैन परदेशीलाई"

-->