Nabin K. Malakar, Ph.D.

NASA JPL
I am a computational physicist working on societal applications of machine-learning techniques.

Research Links

My research interests span multi-disciplinary fields involving Societal applications of Machine Learning, Decision-theoretic approach to automated Experimental Design, Bayesian statistical data analysis and signal processing.

Linkedin


Interested about the picture? Autonomous experimental design allows us to answer the question of where to take the measurements. More about it is here...

Hobbies

I addition to the research, I also like to hike, bike, read and play with water color.

Thanks for the visit. Please feel free to visit my Weblogs.

Welcome to nabinkm.com. Please visit again.

Saturday, August 27, 2022

My interview on DrishyaTV

अमेरिकामा कार्यरत नेपाली वैज्ञानिक डा. नवीन मालाकारले अमेरिकी अन्तरिक्ष संस्था नासामा काम गर्दा अविस्मरणीय अनुभव हासिल गरेको बताएका छन् । उनले सन् २०१४ देखि सन् २०१७ सम्म नासाको जेट प्रपल्स ल्याबमा पृथ्वीको तापमानसम्बन्धी अनुसन्धान गरेका थिए । ‘विश्वकै प्रतिष्ठित वैज्ञानिक संस्था नासामा अनुसन्धाता भएर काम गर्दा म एकदमै उत्साहित थिएँ । त्यहाँ केही गरेर देखाउनुपर्छ, के सिक्नुपर्छ भन्ने हुटहुटी मनभित्र रहेको थियो,’ उनी भन्छन् । नवीनले पृथ्वीको तापमान नाप्ने नयाँ गणितीय ‘एल्गोरिदम’ तयार पारेपछि वैज्ञानिक जगतमा उनको चर्चा बढेको थियो । यस कामका लागि उनले पृथ्वीका चार भूउपग्रहको २० वर्षदेखिको तथ्यांक विश्लेषण गरी तापमान नाप्नका लागि नयाँ विधि पत्ता लगाएका थिए । यो विधि पत्ता लागिसकेपछि अब एउटै गणितिय विधिअनुसार विश्वका विभिन्न स्थानको ताप नाप्न सकिने डा. नवीन बताउँछन् । योभन्दा पहिले पृथ्वीको तापमान सम्बन्धी अध्ययन–अनुसन्धान गर्दा अप्टिकल तथ्यांक मात्र उपलब्ध हुन्थ्यो । सन् २०११ मा न्युयोर्कस्थित सुली अल्बानी युनिभर्सिटीबाट कम्प्युटेसनल फिजिक्समा पिएचडी गरेका नवीन पृथ्वीको तापमान अर्थात् ज्वरो नाप्ने अनुसन्धानमा त्यसयता निरन्तर लागि परेका छन् । उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागबाट ‘ब्ल्याक होल’सम्बन्धी अनुसन्धानमा एमएस्सी गरेका हुन् । उनी अहिले उस्टर स्टेट युनिभर्सिटी, म्यासाचुसेट्सको अर्थ, इन्भारोमेन्ट एन्ड फिजिक्स विभागमा असिस्टेन्ट प्रोफेसरका रुपमा अध्यापन तथा अनुसन्धान गर्दै आएका छन् । आफूले प्रतिपादन गरेको पृथ्वीको तापमान नाप्ने विधि जलवायु परिवर्तन, विपद्, कृषि बालीविज्ञान आदिका लागि उपयोगी हुने उनको धारणा छ । पछिल्लो समय उनी नेपालको विभिन्न क्षेत्रमा जलवायु परिवर्तन र तापमान वृद्घिसम्बन्धी अनुसन्धान गरिरहेका छन् । अनुसन्धान पूरा गरेर यसको नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने उनको भनाइ छ । वैज्ञानिक अनुसन्धान, विज्ञान लेखन र भावी योजनामा केन्द्रित रहेर डा. नवीनसँग दृश्य टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।